neapl investment mega bank

आनद्वारा आन्दोलनको घोषणा

May 11th, 2023

काठमाडौं, बैशाख २८

नेपाल विज्ञापन संघ आनले हिजो रोयल बैकेट तिनकुनेमा सरकारद्वारा जारी गर्न लागेको विज्ञापन नीतिको विरोधमा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा हाल सरकारले प्रस्ताव गरेको विज्ञापनमा एकद्धार नितिको विषयमा आनले बिरोध जनाउँदै श्रृखलावद्ध विरोधको कार्यक्रमको घोषणा गरेको छ ।

रोयल बैकेट तिनकुनेमा सरकारद्वारा जारी गर्न लागेको विज्ञापन नीतिको विरोधमा कार्यक्रम गरिएको थियो । विरोधको कार्यक्रम घोषणा गर्दै आनका अध्यक्ष सोम प्रसाद धितालबाट यो विरोध कार्यक्रम विज्ञापनमा एकद्धार नीतिको विरुद्ध हो भन्दै विज्ञापन बोर्डको गलत कृयाकलापको लागि रहेको बताउनुभयो ।

साथै, कार्यक्रममा अध्यक्ष धितालले देश आर्थिक रुपमा कमजोर रहेको अवस्थामा देशमा ठूल–ठूला मुद्दालाई समाधान गर्नुको सट्टा केही अमूक व्यक्ति र स्वार्थ समूहलाई खुशी बनाउने हेतुले ल्याइन लागेको विज्ञापन नीतिले कसैको पनि हित नहुने बताउनु भयो ।

नेपाल विज्ञापन संघले विज्ञापन बोर्ड मार्फत विज्ञापन बाँडने एकद्धार निति लागू गर्ने, विज्ञापन वितरणमा एजेन्सीको भूमिका नराख्ने, बोर्डमा संघको संस्थागत प्रतिनिधित्व नहुने, विषयमा बर्तमान सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र समेत बुझाएको थियो।