किन किन यो मन मेरो दुख्ने गर्छ
बिछोडको बेला सम्झनामा छाती जल्छ
गर्न त मैले आफ्नो काम गर्ने हो
यो मेरो मन किन उदास भएको हो
किन तिमि आएर बोलाउँदा म रिसाउँछु
उराठिलो भाका फेर्दै न्याउली बोल्दा म झस्केछु
रिसाएकी तिमिलाई फकाउन मलाई गाह्रो भएछ
आशु झर्दा विगतको झझल्को आएछ
किन किन यो मन मेरो दुख्ने गर्छ
सम्झनामा बिछोडको छाती जल्छ
यो समय म उनको साथ खोज्नेछु
निदरीमा सपनि देख्दा उनलाई खोजेछु
बिहानी पख उठी हेर्दा भेटिन उनलाई
खोजिरहेछु भेटिने दिन गन्दै उनिलाई
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी