neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौंका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु

काठमाडौंका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु

May 8th, 2023

काठमाडौं, बैशाख २५

राजधानीका  विभिन्न  स्थानमा  रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरिएको छ । काठमाडौं महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट  सेवाप्रदायकका  प्रतिनिधिबीच  आइतबार  भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

 जसअनुसार पहिलो दिन राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने  सहमति  भएको छ ।

 सोहीअनुसार विभिन्न रुट तय गरेर तार व्यवस्थापन गर्न थालिएको दूरसञ्चार प्राधिकरणले जानकारी गराएको छ ।