neapl investment mega bank

घट्यो सुनको मूल्य

May 7th, 2023

काठमाडौं, बैशाख २४

सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला तोलामा १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघले गत साताको शुक्रबारकै मूल्यमा आज चाँदीको कारोबार भइरहेको जनाएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम थियो ।