काठमाडौं, बैशाख २३
“ स्वच्छ सफा हराभरा शहर महालक्ष्मी नगर” मूल नारा बोकेको महालक्ष्मी नगरपालिका वडा नं. ७ को चाङ्गाथली–युनाइटेड कोलोनी सडक बन्न अलपत्र अवस्थामा परेको छ । सडक अलपत्र पर्ने मुख्य कारण हो जनप्रतिनिधि, ठेक्का पाउने कम्पनी एस. टि. सि. कन्स्ट्रक्सन कम्पनीले सडक बनाउन आलटाल गरेका सडक बन्न नसकेको बुझिएको छ । सडक समयमा कालोपत्रे हुन नसक्दा त्यस क्षेत्रका सडक प्रयोग कर्ता, शारिरीक अपाङ्गता, भएका स्कूल जाने साना बालबालिका, आगो लाग्दा दमकल, विरामी पर्दा एम्बुलेन्स आवत जावत गर्न समेत गारो भएको स्थानीय वासीको गुनासो छ ।
त्यस्तै, महालक्ष्मी नगरका ५, को बालकोट–बालकुमारी टिकाथली कृष्ण मन्दिर, नारायण पुल खड्का गाउँ भिमसशेन मार्ग सम्म जाने सडक ३ बर्ष अघि ठेक्का संझौता भए पनि सो सडक कालो पत्रे हुन भने सकेको छैन । सडक कालो पत्रे हुन नसक्नुको कारण होे ठेक्का पाएको कम्पनी रोशन महर्जन जे. भि, बीरेन्द्र जे. भि., सुमन सापकोटा जे.भि., उदय के.सी. जे. भि.ले सडक बनाउन आलटाल गरेका कारण कहिले कोरोना कहर कहिले आर्थिक मन्दीको वहाना बनाएर सडक कालोपत्रे गर्न ढिलो गरेका छन् ।
तिनै वटा वडामा जनप्रतिनिधिहरु भए पनि जनप्रतिनिधिहरुले सडक बनाउन कुनै चासो देखाएका छैनन् । सडकको अवस्था ३ वर्षदेखि अलपत्र छ पानी पर्दा हिलाम्मे र घाम लाग्दा घुलाम्मे हुने भएकोले स्कूल जाने आउने क्रममा साना विद्यार्थीहरुलाई हिड्न कठिन भएको छ । सडकका दायाँ वायाँ साना पसल गर्ने व्यापारीलाई हैरानी खेप्न बाध्य छन् एक त आर्थिक मन्दीले कष्ट खेपीरहेका साना व्यापारी अर्को सडकको धूलोका कारण पसल खोल्दा धुलोले स्वास्थ्यमा समेत समस्या आएको कुर्ता सुरुवाल व्यवसायी नानु के.सी. दिक्क मानेर गुनासो पोख्दै भन्छिन् चुनावमा भोट माग्न आउँदा आजै सडक कालोपत्रे हुन्छ जस्तो गर्छन जितेपछि हाम्रो स्वास्थ्यको कुनै चासो राख्दैनन् । नयाँ नेता आको पनि एक वर्ष वितिसकेको छ खोइ त सडक बनेको ? जुन जोगी आए पनि कानै चिरेको जनप्रतिनिधि भने जता कमिशन खान पाइन्छ त्यतैको सडक बनाउछन् । मुख्य सडकमा भने सडक बनाउने कुनै चासो देखाएको देखिदैन । घनाबस्ती र धेरै जनता हिड्ने सडक बनाउन आलटाल गर्ने नेता के काम अर्की दुध डेरी व्यवसायी भन्छिन् धुलोले गर्दा व्यवसाय चलाउन भाडा तिर्न समेत कठिन छ ।
तीन वटै मुख्य सडकको अवस्था उस्तै छ धुलो त छदैछ । बीच सडकमा पानी जमेरका कारण जनता हैरानीमा परेका छन् । यस विषयमा महालक्ष्मी नगरपालिकाका सूचना अधिकारी लव प्रसाद गुप्ताका अनुसार हाल भिमसेन मार्ग १० दिन भित्र कालोपत्रे गरिने अन्य सडक बनाउन पहल कदमी भएको जनाए । त्यस्तै, महालक्ष्मी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष कपिल के.सी.का अनुसार असार मसान्त भित्र भिमसेन मार्ग, चाङ्गाथली–कृष्ण मन्दिर इमाडोल, बालकोट– भगवती पाटी सडक कालो पत्रे हुने बताए ।
