neapl investment mega bank

एमालेले बोलायो सचिवालय बैठक

May 5th, 2023

काठमाडौं, बैशाख २२

नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । झापामा वैशाख २९ देखि ३१ सम्म बस्ने केन्द्रीय समितिका लागि एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको हो ।

बैठक वैशाख २६ गतेका पार्टी केन्द्रीय कार्यालयमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।केन्द्रीय कमिटी बैठकमा पार्टीका आन्तरिक गतिविधि, उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

यस्तै, बैठकमा दुई महिने ग्रासरुट अभियानको समीक्षा समेत हुने नेताहरूले बताएका छन् । सचिवालय बैठकअघि महासचिव शंकर पोखरेल नेतृत्वको पार्टी केन्द्रीय कार्यालयको बैठक वैशाख २५ मा बस्नेछ ।