काठमाडौं, बैशाख २२
नेपाल विज्ञापन संघ (आन) ले सरकारले सरकारले एकद्वार नीति तथा समानुपातिक विज्ञापन नीति ल्याउने निर्णय गरेकोमा आपत्ति जनाएको छ ।
विहिबार आनका अध्यक्ष सोमप्रसाद धितालले एक विज्ञप्ति जारी गर्दै सरकारले गैरजिम्मेवार ढंगबाट एकद्वार नीति तथा समानुपातिक विज्ञापनलाई ऐनअनुसार विज्ञापन नियमावलीमा समेट्ने निरन्य गरेको भन्दै त्यसको भर्त्सना गरेका छन् ।
आनले खुला बजार अर्थनीति, उपभोक्ताको वस्तु वा सेवाको छनौटको अधिकार र सार्वजनिक खरिद ऐनको प्रावधानसमेतको विपरित सरोकारवालाहरूसँग छलफल नै नगरी केही सीमित स्वार्थ समूहको दबाबमा एकद्वार नीति ल्याइएको आरोप लगाएको छ ।
साथै, आनले सरकारको यस कदमबाट विज्ञापन बजारमा पर्ने दुरगामी असरको जिम्मेवार सरकार स्वयम हुनुपर्ने चेतावनी स्वयं समेत दिएको छ ।