काठमाडौ, मंसिर २५
महिला एवं बालबालिकाको पहलमा काठमाडौँको त्रिपुरेश्वर स्थित दशरथ रंगशाला क्षेत्र वरिपरि सरसफाई गरिएको छ । खेल समाप्त भये संगै दशरथ रंगशाला वरिपरि भएको फोहोरलाई आज बुुधबार सरसफाई अभियान्ताहरुको व्यापक उपस्थितिमा रंगशाला वरिपरि सरसफाई गरिएको हो । कार्यक्रमको आयोजना सरसफाई अभियान्ता धिरेन्द्र कुमार शाहले गरेका हुुन ।
“अब हामी महिलाहरु पनि आफ्नो घर आगन मात्र नभई,आफ्नो देशलाई नै सफा र सुन्दर बनाउने उदेश्यले अघि बढेका छौ, यसै अन्तर्गत महिला एवं बालबालिकाको पहलमा सुरु गरिएको गोदावरी खोला क्षेत्र सरसफाई साप्ताहिक अभियानका अभियान्ताहरु गएको हफ्ता काठमाडौ देखि बिरगंज र बिरगंज देखि गढीमाई पुगी सरसफाई अभियानलाई अगाडी बढाई जनचेतना मुलक संदेश दिदै हिडेका छौ “ अभियान्ता रंजिता श्रेष्ठ खत्रीले भनिन ।
मंसिर १५ बाट सुरु भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) हिजो समापन भएको थियो । १० दिनसम्म चलेर मंगलबार सम्पन्न सागमा भारतले एक सय ७४ स्वर्ण जित्दै पहिलो भएको थियो भने नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य जिति दोस्रो भएको थियो । सागको ३५ वर्षे इतिहासमा नेपालले पहिलो पटक ऐतिहासिक नतिजा निकालेको हो ।