neapl investment mega bank

सुनको मूल्यमा सामान्य वृद्धि

Apr 30th, 2023

काठमाडौं, बैशाख १७

नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।