neapl investment mega bank

आजको मौसमः काठमाडौंमा वर्षा हुने

Apr 24th, 2023

काठमाडौं, बैशाख ११

पश्चिमी वायु र स्थानीय वायुको प्रभावको कारण अहिले देशका ६ प्रदेशमा हल्का वर्षा भइरहेको छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो तथा अपरान्ह काठमाडौंसहित देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ।

तराईका थोरै स्थानहरूमा हावा–हुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।