neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त

राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त

Apr 22nd, 2023

काठमाडौं, बैशाख ९

सरकारले  राष्ट्रिय योजना आयोगमा थप तीन जना सदस्य नियुक्ति  गरेको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न  तहमा बसेर विभिन्न  विधामा अध्ययन अनुसन्धान  गर्दै आएका वरिष्ठ अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल तथा स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका विज्ञ प्रा. डा. आरपी विछा र  प्रभु बुढाथोकीलाई सदस्यमा नियुक्त गरिएको हो । 

सरकारले यसअघि नै राष्ट्रिय आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठलाई तथा सदस्यहरूमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको थियो ।