neapl investment mega bank

ओप्पोद्धारा इन्नो डे २०१९ आयोजना

Dec 11th, 2019

काठमाडौं, मंसिर २५

ओप्पोले शनचनमा इन्टेलिजेन्ट कनेक्टिभिटीको यूगका लागि ओप्पो इन्नो डे २०१९ आयोजना गरेको छ । कार्यक्रममार्फत ओप्पोले स्मार्ट वाच, स्मार्ट हेडफोन्स, फाइभजी सीपीई, एआर ग्लासलगायत आफ्ना स्मार्ट उपकरणहरुका साथै फ्ल्यास चार्जिङ, फाइभजी, इमेजिङ र सफ्टवेयर अप्टिमाइजेसन लगायत क्षेत्रमा आफ्ना प्रमुख उपलब्धिहरु बारेमा जानकारी दिएको थियो ।

भविष्यको प्रविधिबारे थप जानकारी प्रस्तुत गर्नका लागि यो कार्यक्रमले उद्योगका विशेषज्ञ, कि अपिनियन लिडर्स, पार्टनर्सलगायतका लागि एक सटिक मञ्चका रुपमा काम गरेको छ । ‘फाइभजी अंगीकरण र एआईको व्यापकताका साथमा कनेक्टिभिटी सर्वसुलभ हुने तगारोमा पुगेको छ । ‘इन्टेलिजेन्ट कनेक्टिभिटीको अवधारणालाई चार प्रमुख भागमा विभाजन गर्न सकिन्छ । ती चार अभिन्न अंगमा प्रविधि र सेवाको अनुशरण, संस्थाको अनिशरण, संस्कृतिको अनुशरण र प्रविधि, कला र मानवजातिको अनुशरण पर्छन्’, किनोट स्पिस प्रस्तुत गदैै ओप्पोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी छनले भने, ‘सुरुवातदेखि नै ओप्पोको परिचय फोन निर्मातामा मात्र सीमित थिएन । वास्तवमा स्मार्टफोन्सले ओप्पोलाई आफ्नो बृहत् प्राविधिक सेवाको पोर्टफोलियो थप सुलभ बनाउन सघाएको हो । ओप्पोका साथै समग्र उद्योगमै नितान्त स्मार्टफोन्समा मात्र केन्द्रित सायदै कुनै कम्पनी होला ।’ आउँदो तीन वर्षमा फाइभजी÷सिक्सजी, एआई, एआर, बिग डाटा र अन्य अग्रगामी प्रविधिहरुका साथै हार्डवेयर, सफ्टवेयर र प्रणालीका लागि मूल प्रविधि विकासका लागि ओप्पोले आरएमबी ५० बिलियन (करिब ७ अर्ब डलर) आरएण्डडी बजेटको घोषणा गरेको छ । फाइभजीले प्रदान गर्ने अवसरहरु हात पार्न ओप्पोले तीन प्रमुख रणनीति कार्यान्वयन गर्ने योजना बनाएको छ ।

कम्पनीका अनुसार ‘नयाँ फाइभजी यूगमा, अग्रगामी प्रविधि र उपभोक्ताको मूल्य र मान्यताबाट निर्देशित हुँदै ओप्पो प्राविधिक नवप्रवर्तन २.० (टेक इन्नोभेसन २.०) तिर अग्रसर हुनेछ । प्रविधि र सेवाको अनुशरण अपरिहार्य हुँदै गएरहेको अवस्थामा ओप्पो अहिले उपकरण, डाटा, गणना, सेवा र परिदृश्य गरी पाँचै क्षेत्र समेटिने एकीकृत प्राविधिक मोडलको निर्माणमा जुटेको छ । फाइभजी र एआई प्रमुख पूर्वाधार तथा हाम्रो प्रमुख शक्तिका रुपमा रहेको यस मोडलले सबै प्रविधिहरु एकीकृत गर्दै हरेक परिस्थिति र अवस्थामा समग्ररुपमा समान प्राविधिक अनुभव प्रदान गर्नेछ ।ओप्पोका उपाध्यक्ष तथा ओप्पो रिसर्च इन्स्टिच्युटका प्रमुख लेभिन ल्यूले आफ्नो कि–नोट प्रस्तुित गर्दै भने, ‘ओप्पोले व्यक्तिगत सिनेरियो, भर्टिकल सिनेरियो र कन्भर्जेन्ट सिनेरियो समेतिएको ‘थ्री सर्कल सिनेरियो’ आत्मसात् गर्दै आफ्ना भविष्यमा सार्वजनिक हुने उपकरणहरुका लागि योजना बनाउनेछ ।’ भविष्यमा स्मार्ट वाच, स्मार्ट वायरलेस हेडफोन्स र फाइभजी सीपीई लगायतपनि सन् २०२०को पहिलो क्वार्टरमै सार्ववजनिक गर्ने ओप्पोको योजना रहेको पनि उनले जानकारी दिए । कार्यक्रममार्फत ओप्पो र आईएचएस मार्किट, एक अग्रणी वैश्विक सुचना प्रदायकले संयुक्त रुपमा ‘इन्टेलिजेन्ट कनेक्टिभिटी : अनलिसिङ अपर्चुनिटिज विथ द पावर अफ फाइभजी, एआई एण्ड क्लाउड’ शीर्षकको ह्वाइट पेपरपनि सार्वजनिक गरे । फाइभजीबाट शक्ति सञ्चारित इन्टेलिजेन्ट कनेक्टिभिटीको युगमा उद्योगका प्रचलन र सम्भावनाको नमूना प्रस्तुत गर्दै उक्त ह्वाइट पेपरले बौद्धिक र परिवर्तित इकोसिस्टमका लागि सल्लाह तथा सुझाव समेत दिएको छ ।

कार्यक्रममा ओप्पोले ‘फ्यूचर इन्टिग्रेसन इन फाइभजी वल्र्ड’ शीर्षकसहितको एक फोरमको आयोजनापनि गरेको छ । फोरमको प्यानलमा ओप्पोका चिफ फाइभजी साइन्टिस्ट हेनरी ट्याङ, चिरपरिचित वित्तिय लेखक तथा हाङझउ बाजीयूलिङ कल्चरल क्रिएटिभ को. लिमिटेड र लान्सिझी फाइनान्सियल पब्लिसिङ सेन्टर वु जियाबाओ, आईएचएस मार्किटका कार्यकारी निर्देशक टम मो¥रोड, माइक्रोसफ्ट (चाइना) नेशनल टेक्नोलोजी अफिसर क्विङ वेई, पेइचिङ यूनिभर्सिटीका प्रोफेसर इन्डोड बोया र सेन्टर अन फ्रन्टियर्स अफ कम्प्यूटिङ स्टडिजका कार्यकारी निर्देशक छन् बाओक्वान र कन्टेक्स्ट ल्याबका संस्थापक शेङ वु लगायतले फाईभजीबाट सञ्चारित ईन्टेलिजेन्ट कनेक्टिभिटीका बारेमा आ(आफ्ना धारणा प्रस्तुत गरेको छ ।