ललितपुर, बैशाख २
ललितपुरको गोदावरी क्षेत्र हुँदै बग्ने कर्मनासा खोला सरसफाई अभियान आजबाट सुरु भएको छ ।
डिभिजन वन कार्यालय ललितपुरको आयोजनामा स्थानीय, निजामती कर्मचारी वन कार्यालयका कर्मचारी, अभियन्ता, प्रभाग बाँडेगाँउ, दक्षिणकाली शसस्त्र प्रहरी गण, खुमल्टारका प्रहरीहरुले समेत खोला सरसफाई गरेका थिए ।
सरसफाई अभियानको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले शुभारम्भ गरेका थिए । कार्यक्रममा उमेयर मुना अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, वडाध्यक्षहरु सानुराजा घिमिरे, भास्कर थापा,निरोज बज्राचार्यलगायत समेत सहभागी भएका थिए ।
कार्यक्रममा मेयर महर्जनले गोदावरी क्षेत्र हराभरा बनाउन वन कार्यालयले गरेको प्रयासको प्रशंशा गरे ।
डिभिजन वनका प्रमुख रामकुमार भण्डारीले अभियान नदि सरसफाई मात्रै सिमित नराखी फोहोर नै हुन नदिन जनचेतनाका कार्यक्रम समेत गरिने बताए ।
गोदावरीको बडिखेलबाट सुरु हुने कर्मनासा खोला देशकै दक्षिणतर्फबाट उत्तर तर्फ बग्ने दुर्लभ खोला हो । यो खोला गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरको १७ वटा वडा हुँदै मनहरा खोलामा गएर मिसिन्छ ।
