ललितपुर, बैशाख २
वाङमय शताब्दी पुरुष संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको सय वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान ५ बजेर १५ मिनेट जाँदा ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको हो । मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
‘बिहीबारदेखि उहाँको स्वास्थ्यमा धेरै नै समस्या देखियो, त्यसपछि आइसियूमा राखेर उपचार भइरहेको थियो, आज बिहान उहाँकाे निधन भयो’, साहित्यकार नरेन्द्रराज प्रसाईंले शब्दपाटीसँग भने । ८४ वर्षसम्म संस्कृतिविद् सत्यमोहन जोशीसँग सहयात्रा गरेकी राधादेवी लामोसमयदेखि विभिन्न रोगको उपचारमा थिइन् ।
सत्यमोहन जोशीको एकसय चार वर्षको उमेरमा आठ महिना अघि निधन भएको थियो ।