neapl investment mega bank

सुनचाँदीको मूल्य आज स्थिर

Apr 13th, 2023

काठमाडौं, चैत ३०

नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य यथावत रहेको छ । हिजो बुधबार १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै हिजो १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको तेजाबी सुन आज पनि सोही मूल्य कायम भएको छ । 

यता, चाँदीको मूल्य पनि १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।