neapl investment mega bank
  • गृहपृष्ठ
  • कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड

कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड

Apr 12th, 2023

काठमाडौं, चैत २९

कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्र्तगत सञ्चालन हुने कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड भएको छ । योजनाले प्रति इकाई १० रुपैयाँको दरले दश करोड इकाईको १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई कोष प्रबद्र्धक कम्पनी कुमारी बैंकलाई सुरक्षित राखी सार्वजनिक निष्काशन मार्फत ३५ करोड रकम बराबरको ३ करोड पचास लाख इकाइ चैत ९ देखि चैत २३ गते सम्म निष्काशन तथा विक्री खुल्ला गरिएकोमा १५ प्रतिशत विजपूँजी वापतको १,५०,००,००० इकाई कोष प्रवद्र्धक कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरिएको जनाएको छ ।

बाँकी सर्वसाधारण तथा संघ–संस्थाहरुबाट प्राप्त आवेदकहरुलाई बाँडफाँड गर्न आज चैत २९ गते बुधबार विहान १०ः३० बजे कुमारी क्यापिटल लिमिटेड, नागपोखरी १, नक्साल, काठमाण्डौमा आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा बैठक बसी जम्मा आवेदन दिने ३७,४३४ जना मध्ये रितपुर्वक आवेदन दिनुहुने ३७,४१२ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएको छ । साथै, दोहोरो आवेदन दिने २२ जना आवेदकहरुको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।