neapl investment mega bank

निक्षेपको ब्याजदर एकल अंकमा झर्दै

Apr 12th, 2023

काठमाडौं, चैत २९

बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा ल्याएका छन् ।

उपाध्यक्ष सन्तोष कोइरालाका अनुसार बुधबार बसेको नेपाल बैंकर्स संघको बैठकले बैशाख १ गतेदेखि लागु हुने गरी निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झार्ने निर्णय गरेको छ । 

उनले बैशाख १ गतेदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको बताए ।