आधारभूमि चैत्र २९
भक्तपुरको सूर्य विनायक नगरपालिकामा कित्ताकाट रोकिए पनि खेती योग्य जग्गामा प्लटिङ्ग गर्ने क्रम रोकिएको छैन । सूर्यविनायक नगरपालिको नलिञ्चोकमा करीब ६ सय रोपनी जग्गामा प्लटिङ्ग गरेको देखिन्छ त्यती मात्र होइन सूर्यविनायक नगरपालिका वडा नंं. २, ४ मा पनि धमाधम प्लटिङ्ग गरेको पाइन्छ ।
सरकारले २०७९ जेठ २ गते भू–उपयोग नियमावली ल्याए पनि वडाहरु र नगरपालिकाको फितलो आफूखुसी मनपरी ढङ्गबाट निर्णय गरी भू–उपयोग नियमावलीको वास्ता नगरी खेती योग्य जग्गामा माटो सम्याउने, डोजर लगाउने जग्गा टुक्रा पार्ने काम गरिरहेको पाइएको छ । नगरपालिकाले २०७९÷ १०÷१९ मा सात बुँदे निर्णय गरेता पनि १ वर्ष अघि देखि खेती योग्य जग्गामा माटो सम्याउने, डोजर लगाउने जग्गा टुक्रा पार्दै आएको स्थानीय बताउँछन् ।
त्यस्तै, अन्य वडाहरुमा पनि माटो सम्याउने, डोजर लगाउने, जग्गा टुक्रा पार्ने क्रम बढ्दै गएका छन् । यस विषयमा सूर्यविनायक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेल पनि आफैं बेखबर छन किन भने राजेन्द्र प्रसाद कंडेल आफु यस पालिकाको पावरफुल कर्मचारी भएको भन्ने सबै शाखाको काम आफै हेर्छन र शिक्षा क्षेत्रका छात्रबृत्तीमा पनि उनकै हाली मुहाली छ । अवैध जग्गा प्लटिङ्ग भैरहदा पनि मौन समर्थन छन् ।
जग्गा प्लटिङ्गको विषयमा वडा नं.४ का अध्यक्ष लक्षुराम न्यौपानेका अनुसार जग्गा प्लटिङ्ग गर्न कनै निकायले यस वडा स्वीकृती लिन नआएको प्लटिङ्ग गर्ने काठमाडौं उपत्यका विकास प्राधिकरणमा स्वीकृती लिन धाएको बुझिएको बताए । सूर्य विनायक वडा २ का वडा अध्यक्ष प्रदिप कार्की संग सम्पर्क गर्दा कोही पनि जग्गा प्लटिङ्गको लागि स्वीकृति लिन नआएको बताए । वडा नं. ९ का वडा अध्यक्ष भगवान खत्रीका अनुसार जग्गा बर्गीकरण गरी वडा नगरस्तरीय निर्णय अनुसार ५ वर्ष पछि कित्ताकाट गर्ने सर्तमा प्लटिङ्ग गरिएको बताए ।