neapl investment mega bank
  • गृहपृष्ठ
  • शिवशक्तिका अग्रवाल ठूला करदाताको रुपमा सम्मानित

शिवशक्तिका अग्रवाल ठूला करदाताको रुपमा सम्मानित

Apr 11th, 2023

काठमाडौं, चैत २८
शिवशक्ति घिउ उद्योग प्रा.लि.का कार्यकारी निर्देशक सन्दिपकुमार अग्रवाल ठूला करदातामध्ये एकको रुपमा सम्मानित हुनुभएको छ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभाका अवसरमा उहाँ निर्यात कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सम्मानित हुनुभएको हो ।

मंगलबार काठमाडौंमा आयोजित महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन सत्रमा शिवशक्ति घिउ उद्योग प्रालिलाई निर्याततर्फको सबैभन्दा ठूलो करदाताको रुपमा सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकारी निर्देशक अग्रवाललाई उक्त सम्मान हस्तान्तरण गर्नुभएको थियो ।

शिवशक्ति घिउ उद्योग प्रशोधित तेल उत्पादन र निर्यातमा संलग्न छ । अग्रवाल बुधबार हुने महासंघको निर्वाचनमा कार्यकारिणी सदस्य उम्मेदवार पनि हुनुहुन्छ ।