neapl investment mega bank
  • गृहपृष्ठ
  • मुलुक हाँक्ने ड्राइभिङ सीटमा बसेका प्रचण्डले तीन करोड जनता बचाउन सक्लान् ?

मुलुक हाँक्ने ड्राइभिङ सीटमा बसेका प्रचण्डले तीन करोड जनता बचाउन सक्लान् ?

Apr 11th, 2023

काठमाडौं, चैत २८
आम नागरिकहरु विश्वासमा परेर सार्वजनिक र निजी प्लेटको सवारी साधन चढ्छन् । गाडी कतिखेर दुर्घटना हुन्छ ? यो कसैलाई थाहा हुँदैन् । जतिबेला पनि सवारी साधन दुर्घटनामा पर्न सक्छ । कतिपय चालक दुर्घटना हुने थाहा पाएपछि आफु हाम्फालेर बाँच्छन् तर अरुको त्यही मृत्यु हुन्छ । गाडीमा धेरै यात्रु चढेका छन् । चालक अनुभवी, पूरानो, आँटिलो छ भने उसले जस्तोसुकै दुर्घटना हुनबाट जोगाउन सक्छ । गाडीको स्ट्रेरिङ र ब्रेक फेल भएपनि त्यसले चालकलाई उनले यात्रु बचाउँछ ।
गाडीमा चढेका यात्रु फर्किन्छन् कि फर्किदैनन् ? भन्न सकिदैन् । कहिले टायर पड्किएर त कहिले इन्जिन बिग्रिएर दुर्घटना भइरहेको छ । यद्यपि, यात्रुलाई आफ्नो जिम्मेवारी सम्झिने चालकले उनीहरुलाई बचाउँछन् ।

गाडी चढ्दा यात्रु चालककै भरमा चढेका हुन्छन् । उनीहरुलाई गन्तव्यसम्म पुर्याउने काम चालकको हो । गाडीको लोडको नधानेको, ब्रेक नचलेको, इन्जिन बिग्रिएको भने चालकसंग दुइटै उपाय हुन्छ । कि आफु मरेर अरुलाई बचाउने, कि अरुलाई मारेर आफू बच्ने चालकले गाडीको पार्टपूर्जाले काम नगरेको पहिल्यै थाहा पाउँछन् । कति चालक पत्तो पाउने बित्तिकै अगाडिको ढोकाबाट हाम्फालेर आफ्नो ज्यान जोगाउँछन् । कतिपयले रुखमा लगेर ठोकिदिन्छन् अनि यात्रु बचाउँछन् । बरु चालकको ज्यान नै किन नजाओस् । सवारीको लाइसेन्स लिनका लागि लिखित, मौखिक र ट्रायल परीक्षा पास गर्नुपर्छ । गाडी, बाटो, ऐनकानुन र ट्राफिकको विषयमा ज्ञान हुनेलाई लाइसेन्स दिइन्छ । उसको कारणले कसैको ज्यान जानुहुँदैन भनेर सरकारले त पहिल्यै जाँचपड्ताल गर्छ ।

त्यतिकै हातहातमा बाँड्ने चीज त होइन्, लाइसेन्स । सहचालक हुँदै चालकको लाइसेन्स लिनेहरु यहाँ धेरै छन् । त्यही गाडीमा वर्षौं सहचालक भएर उनीहरुले लाइसेन्स लिएका हुन्छन् । यसरी लाइसेन्स लिनेलाई सवारीको विषयमा धेरै ज्ञान हुन्छ । कुन पार्टपूर्जा कहाँ लाग्छ ? गाडीलाई दुर्घटना हुनबाट कसरी जोगाउने ? उनीहरुलाई राम्ररी थाहा हुन्छ । केही कारणबस बाटोमा गाडी बिग्रियो भने उनीहरु आफैं बनाएर चलाउने सक्ने क्षमताका हुन्छन् । मिस्त्री खोजेर हिँड्नुपर्ने बाध्यता तिनलाई छैन् ।
भन्सुन र पैसाको आडमा लाइसेन्स लिनेहरुलाई बाटो, ट्राफिक, कानुन, ट्राफिक नियमबारे केही पनि थाहा हुँदैन् । एउटा स्टेरिङ बिग्रियो भनेपनि त्यस्ता चालक हेरेको हेर्यै हुन्छन् । गाडीको विषयमा केही जानकारी नभएकालाई लाइसेन्स दिएपछि त्यस्तो हुनु त स्वाभाविकै हो । केही नजान्नेको हातमा लाइसेन्स थमाइदिँदा सवारी दुर्घटना बढेको छ ।

गाडी चलाउन नजान्दा कि ऊ आफैं मर्छ कि अरुलाई मार्छ । गाडी आफैं दुर्घटना हुने होइन् । चालकको लापरवाही र गाडीको कण्डिशन दुर्घटनाको कारण हुन् । गाडी चल्न सक्ने अवस्थामा छ कि छैन् ? चालकले नहेरेपछि गाडी दुर्घटना हुनु स्वाभाविकै हो । २० वर्षे पूराना सवारी साधन चलाउँदा, सीटभन्दा बढी यात्रु हाल्दा, गाडीमा गीत बजाउँदा सवारी दुर्घटनामा पर्ने हो । गाडीमा भखरै जन्मेको दुधे बालक पनि हुन्छ । युवा पनि चढेका हुन्छन् । बुढाबुढी पनि यात्रा गरिरहेका हुन्छन् । एउटा सार्वजनिक यातायातमा पाँच दर्जन बढी यात्रु चढेका हुन्छन् । तिनको जिम्मेवारी त चालकले लिएको हुन्छ । चालकले लापरवाही गरिदियो भने यात्रुहरु मर्नुपर्ने अवस्था बन्न सक्छ ।

यसमा सरकारको पनि दोष छ । सरकारले अनुभव नभएकालाई पनि भकाभक लाइसेन्स दिइरहेको छ । कलिलो उमेरकालाई लाइसेन्स दिनु नै गलत छ । नागरिकता निकाल्नेबित्तिकै लाइसेन्स लिइन्छ । अनुभव नै नभएकाले लाइसेन्स पाइरहेका छन् । तर, यसमा यात्रुको के दोष ? उनीहरु त पैसा तिरेर चढेका हुन् । उनीहरुले लाइसेन्स माग्ने कुरा भएन् ? गाडी चलाएको कति वर्ष भो ? अनुभव छ कि छैन् ? सोध्न मिलेन् । गाडी कति वर्ष पूरानो हो ? भनेर प्रश्न गर्यो भने बीच बाटोमा ओराल्देला भन्ने डर ।
सरकारले पैसा खाएर लाइसेन्स दिन काममा रोक लगायो भने अकालमा ज्यान गुमाउने क्रम रोकिन्थ्यो नि । अनुभव नभएकालाई, नपढेकालाई लाइसेन्स नदिने भनि कानुन बनाउने हो भने धेरै दुर्घटनामा कमी आउँथ्यो । कलिलो उमेरमा लाइसेन्स दिनुहुँदैन् । ऐनकानुन र गाडीबारे राम्ररी ज्ञान भएकालाई मात्र लाइसेन्स दिनुपर्छ । २० वर्ष कटेका सवारी साधन चल्नलाई पूर्ण प्रतिबन्ध लगाउनुपर्छ ।

दुर्घटनामा परेका मृत्यु हुनेलाई दिइने क्षतिपूर्ति रकम पनि बढाउनुपर्छ । अनि मात्र चालकहरुको चेत खुल्छ । मर्ने मरेको मर्यै भइरहेको छ तर पनि चालकहरु बेवास्ता गरिरहेका छन् । लापरवाहीले सवारी साधन हुँइकाइरहेका हुन्छन् । चालकको सानो गल्तीले एकै ठाँउमा पाँच दर्जनको ज्यान जान सक्छ । यस्तो गम्भीर विषयमा हेलचेक्याइ गर्नेलाई सरकारले कारबाही पनि गरेको छैन् । सरकारले ऐनकानुन बनाउने हो, जनता जन्माउने होइन् । एउटा जनता मर्यो भने राज्यलाई कति क्षति हुन्छ ? चालकको लापरवाहीले जनता मरिरहेका छन् ।

चालकले जनता जन्माउन सक्छ ? सक्दैन् भने उनीहरुलाई मार्न पनि पाइएन् । सरकार कडाइका साथ ऐनकानुन कार्यान्वयन नगर्ने, चालक लापरवाहीका साथ गाडी चलाउने अनि मरिदिनुपर्ने चाँहि जनता ? मर्नका लागि गाडीमा चढेका त अवश्य पनि होइन्, होलान् ? चालक जिम्मेवारी नहुँदा अभिभावकले आफ्नो सन्तान गुमाउनुपर्छ । सन्तानले आफ्नो अभिभावक । राज्यले नागरिकको क्षति व्यहोर्नुपर्छ । १० वर्ष जनयुद्ध गरेर, १७ हजार नेपाली मारेर आएको व्यक्ति यतिखेर देश हाँक्ने ड्राइभिङ सीटमा बसेका छन् । मुलुकको प्रधानमन्त्री पुष्पकमल दाहालले अब मुलुक बचाउँछन् कि सकाउलान् ? हेर्न बाँकी छ । उनको सानो गल्तीले देशलाई ठूलो क्षति हुन सक्छ । तीन करोड जनताको अभिभावक उनी हुन् । मुलुकको अर्थतन्त्र समस्याग्रस्त छ । अब त्यसलाई जोगाउने जिम्मा उनको भयो । उनले सकेनन् भने सारा मुलुकले दुःख पाउँछ । विदेशी हस्तक्षेप बढ्छ । त्यसैले उनले फुकीफुकी कदम चाल्न जरुरी छ । २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो ।

राजा वीरेन्द्रको सन्तान सखाप भयो । वीरेन्द्रको सन्तान सकिएपछि ज्ञानेन्द्र राजा बने । उनले आफूलाई जनताको सेवक होइन्, शासक सम्झिए । उनीद्धारा जिल्लाजिल्ला घुम्न जाने काम मात्र भयो । जनताले आफ्नो कुरा राख्दा टाउको हल्लाउने तर काम नगर्ने राजामा पर्थे उनी । जनताले दिएको फुल लिने अनि घुमघाममै रमाइरहने । राजाले केही गर्दैन् भन्ने थाहा पाएपछि राजतन्त्र फाल्नुपर्छ भनेर देशभरका जनता सडकमा आए । अहिले राजा नागार्जुनको जंगलमा गएर बस्नुपरेको छ ।
राजा भएको बेलामा जनताका लागि काम गरेको भए आज दरबार छोडेर भाग्नुपर्दैनथ्यो । समयको ख्याल गरेर अघि बढेको भए सायदै राजतन्त्र फ्याँक्नुपथ्र्यो होला । सबैभन्दा ठूलो समय हो । समय समात्न सकिँदैन् । एकचोटि बितेको समय बित्योबित्यो । बेलैमा काम गरेन भने पछुताउनेबाहेक अन्य कुनै विकल्प रहँदैन् । प्रचण्ड तीन पटक प्रधानमन्त्री बने । दुईपटक उनले कोटपाइन्ट लगाएर शपथ खाए । यो पटक भने दाउरासुरुवाल लगाए । ज्ञानेन्द्रको जस्तो अवस्था प्रचण्डको हालत पनि त्यस्तै हुन्छ ।

प्रधानमन्त्री भएको एक सय दिन बितिसक्दा पनि उनी चल्मलाएका छैनन् । जनता र राष्ट्रको हितमा हुने एउटा काम पनि उनीद्धारा भएको छैन् । ज्ञानेन्द्रले जनता पनि मारेका थिएनन् । उनको पालोमा अर्थतन्त्र टाँट पल्टिएको पनि थिएन् । मँहगी र बेरोजगारी अहिलेजस्तो थिएन् । भ्रष्ट्राचार पनि यतिविघ्न थिएन् । जसका कारण ज्ञानेन्द्रलाई नेपालकै भूमिमा बस्न दिइयो । प्रचण्डलाई त देशबाटै लखेट्छन् जस्तो छ । मँहगीले सीमा नाघिसकेको छ । सर्वसाधारणलाई बिहानबेलुका छाक टार्न मुश्किल परेको छ । बेरोजगारी, भ्रष्ट्राचार र गरिबीमा मुलुक गिजोलिएको छ । विदेशी ऋण निरन्तर बढिरहेको छ । विदेशी हस्तक्षेप बढेको छ । नेपाल नै अन्य मुलुकले लैजान्छ कि भन्ने डर भइसकेको छ । अर्थतन्त्र टाँट पल्टिसक्यो । सरकारी कर्मचारीलाई तलब र ज्येष्ठ नागरिकलाई भत्ता दिने पैसा छैन् । बैक तथा वित्तिय संस्था टाँट पल्टिसकेको छ । अनि यस्तो हुँदा पनि प्रचण्ड हात बाँधेर बसेका छन् ।

राजाको पालामा जस्तै हप्ताको दुई पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । भाषण छोड्नबाहेक अरु केही गर्ने होइन् । खर्च कटाती गरेर देश बचाउनतर्फ ध्यान छैन् । दाउरासुरुवाल लगाएर टाउको हल्लाउँदै हिँडेको छ । यस्तो गैरजिम्मेवार ड्राइभरले तीन करोड जनतालाई अप्ठ्यारोमा पार्ने निश्चित छ ।