neapl investment mega bank
  • गृहपृष्ठ
  • आयोगले उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवक तालिम

आयोगले उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवक तालिम

Apr 11th, 2023

काठमाडौं, चैत २८

निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयंसेवक तालिम सञ्चालन गरेको छ ।

तनहुँ निर्वाचन क्षेत्र नं १ मा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर, चितवन निर्वाचन क्षेत्र नं २ मा आयोगका सचिव गोकर्णमणि दुवाडी र बारा निर्वाचन क्षेत्र नं २ मा उपसचिव सूर्यप्रसाद अर्यालले तालिमको उद्घाटन गरेका छन् । ती मतदाता शिक्षा स्वयंसेवकले निर्वाचन हुने एक साता अघिदेखि सात दिनसम्म मतदातालाई सहीरूपमा मत सङ्केत गर्ने तरिकाबारे जानकारी दिनेछन् ।

सम्बन्धित पालिकाले उनीहरूलाई दैनिक रु एक हजार भत्ता दिनेछन् । यही चैत २७ र २८ गते उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रभित्र पर्ने स्थानीय तहमा प्रतिवडा दुईजना मतदाता शिक्षा स्वयंसेवक तयार गर्ने गरी  तालिम सञ्चालन भएको हो ।