neapl investment mega bank

फेरि बढ्यो सुनको मूल्य

Apr 11th, 2023

काठमाडौं, चैत २८

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।

योसँगै आज छापावाला सुनको मूल्य प्रतितोल १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।