neapl investment mega bank
  • गृहपृष्ठ
  • पाकिस्तानमा बम बिस्फोट: चार जनाको मृत्यु

पाकिस्तानमा बम बिस्फोट: चार जनाको मृत्यु

Apr 11th, 2023

काठमाडौं, चैत २८

 पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा बम बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटामा प्रहरीको गाडी लक्षित विस्फोटमा थुप्रै घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

सुरक्षाकर्मीका अनुसार तैनाथीमा रहेको प्रहरी भ्यान नजिकै पार्किङमा रहेको मोटरसाइकलमा राखिएको बमलाई रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको हो । घटनास्थललाई सुरक्षा घेरा गरी अनुसन्धान गर्न थालिएको छ ।