neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर महानगरद्वारा लैंगिक हिंसामा तत्काल उद्धार र राहतका लागि हटलाइन सेवा सुरु

ललितपुर महानगरद्वारा लैंगिक हिंसामा तत्काल उद्धार र राहतका लागि हटलाइन सेवा सुरु

Apr 10th, 2023

ललितपुर, चैत २७

ललितपुर महानगरले लैंगिक हिंसामा तत्काल उद्धार र राहतका लागि हटलाइन सेवा सुरु गरेको छ । हिंसामा परेका व्यक्तिले तत्काल उद्धार राहत पाउनका लागि ११३१ मा सम्पर्क गर्न सक्छन् ।

नगर प्रहरी लैंगिक हिंसाका बारेमा चेतना जगाउन र हटलाइन ११३१को बारेमा जानकारी दिन चोक नगर प्रहरी महानगरको चोक र गल्तीमा पुग्न सुरु गरेका छन् । हटलाइन सेवाको सोमबार ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले संयुक्त रुपमा उद्घाटन गरे । नगर प्रमुख महर्जनले लैंगिक हिंसा न्यूनीकरणका लागि हटलाइन नम्बरको प्रयोगले सहयोग गर्ने बताए । हिंसारहित महानगर भएमात्रै महानगर स्मार्ट हुने उनले प्रष्ट पारे ।

उपप्रमुख मंजली शाक्य बज्राचार्यले आफूमा भएको हिंसा हटलाइन नम्बरमा सम्पर्क गरेर निर्धक्क राख्न नगरवासीलाई सल्लाह दिइन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले लैंगिक हिंसामुक्त समाज सबैको चाहना भएको बताए । महानगरले सुरु गरेको हटलाइन हिंसा न्यूनिकरणका लागि सहयोगसिद्ध हुने स्पष्ट पारे ।