neapl investment mega bank
  • गृहपृष्ठ
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

Apr 10th, 2023

काठमाडौं, चैत २७

नेपाली बजारमा सोमबार सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।