काठमाडौं, चैत २६
कवि तथा गीतकार बसन्त चौधरीले बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन् । ‘प्रेमिल कवि’को छवि बनाएका चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर ‘आहाना’ सार्वजनिक गरेका हुन् ।
आइतबार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेशनल स्कुलको सभाहलमा आयोजित एक समारोहकाबीच कवि चौधरीले लेखेको बाल कविता संग्रह ‘आहाना’ विमोचन गरिएको हो ।
कवि चौधरीले आफ्नो साहित्यिक जीवनकै पहिलो बाल कविता संग्रह प्रकाशन गरेका हुन् । यसअघि उनका २० वटाभन्दा बढी कविता तथा गीतहरुका संग्रह प्रकाशित भइसकेका छन् । दर्जनौं चर्चित नेपाली गीतहरुका उनी सर्जक समेत हुन् ।