neapl investment mega bank

सुनचाँदीको मूल्य स्थिर

Apr 9th, 2023

काठमाडौं, चैत २६

आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै गत शुक्रबारकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको जनाएको छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।