neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय विज्ञापन संघको अध्यक्षमा धर्मेन्द्रकाजी निर्वाचित

राष्ट्रिय विज्ञापन संघको अध्यक्षमा धर्मेन्द्रकाजी निर्वाचित

Apr 8th, 2023

काठमाडौं, चैत २५

राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधारणसभाबाट धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति बिस्तार भएको छ । काठमाडौंमा सम्पन्न साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ समिति बिस्तार भएको हो ।

मल्ल होटलमा बसेको साधारणसभाले प्रथम उपाध्यक्षमा प्रदिप कोइराला, द्धितीय उपाध्यक्षमा अमृतकुमार पन्थी, महासचिवमा आशिष खड्का, सचिवमा विमल खड्का, कोषाध्यक्षमा अरुण अर्याल, सहकोषाध्यक्षमा रोजी पराजुलीलाई निर्विरोध निर्वाचित गरेको छ ।

यसैगरी संघको सदस्यहरुमा बसन्त योगी, रवी अर्याल, इन्द्रमणि न्यौपाने, राम बज्राचार्य, गुञ्जमणि भट्टराई, चन्द्रकान्त अवस्थी, निर्मल अधिकारी, नवराज निरौला, सुनिल आहुजी र सविन पोख्रेल छन् ।