काठमाडौं, चैत २४
नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
योसँगै आज छापावाला सुुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदी भने ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।