neapl investment mega bank
  • गृहपृष्ठ
  • केन्द्रीय प्रशारण प्रति उपभोक्ताहरुको ध्यानाकर्षण

केन्द्रीय प्रशारण प्रति उपभोक्ताहरुको ध्यानाकर्षण

Apr 5th, 2023

सोलुखुम्बु, चैत्र २२

हाल सोलुखुम्बु जिल्ला नेचासल्यान गा.पा. वार्ड १ र २ मा बत्ति बिस्तार गर्दै गरेको बर्तमान अवस्थामा बिजुली बत्तीको करेन्ट प्रवाह आउने, जाने असन्तुलनका कारण स्थानिय उपभोक्ताहरु मर्कामा पर्दै केन्द्रिय प्रशारण लाईन प्रतिको बिश्वास क्रमश खच्किँदै गएको छ। आजको २३औँ शताब्दिमा आएर मानव जीबनको लागि बिज्ञानले हाम्रो समाजमा साधाहरणतय टोक्ने, चपाउने देखि लिएर ‘‘निल्ने’’ सम्म प्रबिधिको बिकाश गरेर हाम्रो अगाडि राखिदिएको छ ।

अर्थात हाम्रो समाजले बिकाशको पुर्बाधारमा बत्ति र बाटोलाई मान्दै आएको पनि छर्लङ्गै छ, फेरि थप यहाँका स्थानियहरुले केन्द्रीय प्रशारण लाईनलाई दिगोको रुपमा बिगतको भन्दा बढि बिश्वास गरेको पनि पाईन्छ,तथापि यहाँको बर्तमान अवस्थामा स्थानिय बिधुत उपभोक्ता हरुलाई केन्द्रीय प्रशारण लाईन आउने, जाने, असन्तुलित गतिबिधीका कारण यस प्रशारण प्रति उपभोक्ता हरुको बिश्वास आकर्षण तर्फ नभई बिकर्षण तर्फ मोडिदै गएको पनि देखिएको छ।

उपभोक्ता हरुलाई थाहा छैन बत्तीको ‘गुनासो’ कुन निकायमा को सँग राख्ने भनेरअलमल्लमा परेका छन्, के यो प्रशारण लाईनलाई निरन्तर सकृय गराउने समिति नभएकै कारण स्थानिय उपभोक्ता हरुले यस्तो सास्ती खेप्नु परेको हो…! के यो प्रवाह असन्तुलन हुँदै, आउने, जाने गतिबिधीमा नै हामी उपभोक्ताहरु खुसी छौं त…! कतै नागरिक हरुको जिम्मेवार बोकेका जनप्रतिनिधिहरु र हाम्रो समाजमा रहेका हामी सचेत नागरिकहरुको मौनताले कालान्तरमा कुनैपनि समस्या हरु बृध्दि भएर जान सक्छ, तसर्थ सोच्न ढिला गर्नु भन्दा सजक रहनु नै उत्तम हुनसक्छ,

समय अनुशार बत्तिको महत्व

पहिला- ‘आवश्यक्ता’ थियो…,

अहिले – ‘सँम्बेदनशिल’ भएर गयो…,