काठमाडौं, चैत २२
नेपाली बजारमा बुधबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ २ हजार रुपैयाँले बढेको छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य पनि प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।