काठमाडाैं,चैत १९
नेपाली बजारमा आइतबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य एक लाख ८ हजार एक सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ४ सय दश रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।