काठमाडौं, चैत १६
नेपाली बजारमा आज बिहिबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहिबार सुनको भाउ ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८ हजार दुई सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार सात सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय पचहत्तर रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।