neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी देवी जात्रा १६ गतेबाट सञ्चालन हुने 

महालक्ष्मी देवी जात्रा १६ गतेबाट सञ्चालन हुने 

Mar 29th, 2023

ललितपुर, चैत १५

ललितपुरको पाटनमा करिब ३४ वर्ष देखि बन्द भई रहेको ऐतिहासिक तथा सांस्कृतिक रुपमा महत्त्वपूर्ण महालक्ष्मी देवीको खटजात्रा १६ गतेबाट संचालन हुने भएको छ ।

जात्रालाई निरन्तरता दिनको लागि ललितपुर महानगरपालिका तथा वडा नं.५ , ज्यापू समाज यल र जात्रा व्यवस्थापनको लागि गठित कार्य दलसंगको हातेमालो तथा सहकार्य गरी कायगुननी मंका: खलद्वारा महालक्ष्मी जात्रालाई व्यवस्थापन गरी पुन: संचालन गर्न लागिएको हो ।

जात्राको लागि ललितपुर महानरपालिकाले आठ लाखको बजेट छुट्याएको महालक्ष्मी जात्रा व्यवस्थापन कार्यदलका अध्यक्ष सन्तमान महर्जनले बताए ।