ललितपुर, चैत १४
गोदावरी नगरपालिका -११ चापागाउँ स्थित प्याङ्गाउँको सामुदायिक भवनमा चैत ११ गते देखि १७ सम्म निःशुल्क सात दिवसीय आ.म.श उपचार शिविर भइरहेको छ । आत्म, मन,शरीर (आ.म.श) सम्बन्धी प्राकृतिक वैकल्पिक उपचार विधिबाट यस शिविरमा ३४ जना हिलरहरुमार्फत हिलिङ प्रविधिबाट उपचार भइरहेको छ ।
स्वर्गिक मार्ग संघ नारी नेपाल उपत्यका शाखाको आयोजनामा उक्त शिविर सञ्चालन गरेको हो । ५०० जना भन्दा बढिले सेवा लिइसकेको आयोजकले जानकारी दिए । कार्यक्रम संयोजक चर सुन्दर महर्जनले चैत १८ गते शनिबारका दिन सर्वधर्म तथा विश्व शान्ति पूजा आध्यात्मिक प्रवचन भजन हुने बताए ।
उपचार हुने रोगहरु
– प्यारालाइसिस
– ग्यास्ट्रिक, गानो गोला
– माइग्रेन
-उच्च रक्तचाप, सुगर
– युरिक एसिड, हातगोडा दुख्ने
– खाना नपच्ने
– पिनास
– ढाडको समस्या
– नसा सम्बन्धी
– मानसिक रोग आदि