बागमती प्रदेश सरकारले मन्त्रालयको बाँडफाट गर्न प्रदेश सभा सदस्य तथा कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको छ ।
मुख्यमन्त्री शालिकराम जमकट्टेलले कार्यदल गठन गर्दैे आउँदो आइतबारसम्ममा बागमती प्रदेशमा उपयुक्त मन्त्रालयको भागबण्डा मिलाउनेबारे आवस्यक सुझाव दिन कार्यदललाइ निर्देशन दिएका छन् । कार्यदलमा माओवादी, कांगेस तथा एकिकृत समाजवादीका सांसद रहेका छन् ।