काठमाडौं, चैत १४
नेपाली बजारमा आज मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदी पनि ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३ सय पचपन्न रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।