neapl investment mega bank
  • गृहपृष्ठ
  • कृषि विकास बैंकले पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कृषि विकास बैंकले पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Mar 25th, 2023

‘Learn.Save.Earn’ स्थायी नाराका सा थहरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने Global Money Week को एघारौं संस्कर ‘Plan your money, plant your future’ भन्ने नाराका साथ यस बर्ष मार्च ६ देखि १२ सम्म देशभर बैंक तथा वित्तीय संस्थाहरुको प्रत्यक्ष संलग्नतामा वित्तीय साक्षरता कार्यक्रमका साथ मनाइदैछ ।

यसै क्रममा कृषि विकास बैंक लि.गण्डकी प्रदेश कार्यालय, पोखराको आयोजनामा पोखराको गुरुकुल विद्या सदन नयाँबजार पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । त्यस विद्यालयमा कक्षा ११ मा विज्ञान मुख्य विषयलिई अध्ययनरत विद्यार्थीहरुलाई कृषि विकास बैंकका उपमहाप्रवन्धक प्रेम कुमार श्रेष्ठ र नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक आर्या जोशीले वित्तीय साक्षरता सम्वन्धमा प्रशिक्षण दिनु भएको थियो ।

सो कार्यक्रममा विद्यार्थीहरुलाई बैंकको विकासक्रम, बचत गर्ने बानी, बचतको महत्व र बचतलाई आफ्नो आवश्यकता अनुसार बैंकको विभिन्न किसिमका खातामा जम्मागर्ने, यसले पार्ने सकारात्मक प्रभाव, बैंकले उपलब्ध गराउने कर्जाका प्रकारहरु र कृषि विकास बैंकले उपलब्ध गराउने निक्षेप तथा कर्जाका किसिमका अतिरिक्त विभिन्न डिजिटल प्रडक्टहरु र त्यसको उपयोगिताका अतिरिक्त वित्तीय अनुशासनका बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक श्री प्रकाश कंडेलको अध्यक्षता, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशीको प्रमुख आतिथ्यता र कृषि विकास बैंक मुख्य कार्यालयका उपमहाप्रबन्धक प्रेम कुमार श्रेष्ठको विशिष्ट आतित्थता रहेको उक्त कार्यक्रममा प्रदेश कार्यालय पोखराका बरिष्ठ शाखा प्रमुखहरु कृष्ण कुमारी पौडेल, महेश पौडेल, भिम सुवेदी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको नयाँबजार शाखा कार्यालयका प्रबन्धक हिमलाल श्रेष्ठको नेतृत्वमा उपस्थित कर्मचारीहरुले विद्यार्थीहरुको बैंक खाता खोल्ने काम समेत गर्नु भएको थियो भने अनलाइन खाता खोल्न पनि सिकाइएको थियो ।