neapl investment mega bank

बढ्यो सुनको भाउ

Mar 23rd, 2023

काठमाडौं, चैत ९

नेपाली बजारमा आज बिहिबार सुनको भाउ फेरि बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ १२ सय रुपैयाँले बढेको छ ।

सोहीअनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९ हजार रुपैयाँ कामय भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।  

यता, चाँदी पनि २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय साठ्ठी रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।