काठमाडाैं, चैत ८
राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले भेट गर्नुभएको छ । आज उनीहरूबीच शितलनिवासमा भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।