काठमाडौं, चैत ६
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि खट्टिने क्रममा, हिजो ५ गते United Nations Multidimentional Integrated Stabilization Mission In The Central African Republic (MINUSCA) मा तैनाथ श्री जबरजंग गण (शान्ति सेना)-HRPB चौथो डफ्फा (Main Body) र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) सातौं डफ्फा (Reinforce) लाई बदली गर्नको लागि श्री भवानीबक्स गण (शान्ति सेना)-HRPB पाँचौं डफ्फा (Main Body) र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) आठौं डफ्फा (Reinforce) का १६८ जना शान्ति सैनिकहरुको पहिलो टोली प्रमुखसेनानी रित बहादुर रानाभाटको नेतृत्वमा Ethiopian Airlines को विमानमार्फत मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।
यस्तै, उक्त मिशनमा तैनाथ श्री जबरजंग गण (शान्ति सेना)-HRPB चौथो डफ्फा (Main Body) र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) सातौं डफ्फा (Reinforce) का १६८ जना शान्ति सैनिकहरु सेनानी रविन श्रेष्ठको नेतृत्वमा हिजो ५ गते स्वदेश फिर्ता भएका छन् ।