neapl investment mega bank

घट्यो सुनको मुल्य

Mar 20th, 2023

काठमाडौं, चैत ६

नेपाली बजारमा सोमबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सुनको मूल्य सात सय रुपैयाँले घटेको जानकारी दिएको छ ।

सोहीअनुसार आज छापावाला सुनको मूल्य एक लाख ९ हजार तीन सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य एक लाख ८ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदी पन्घ्र रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३ सय तीस रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।