काठमाडौं,चैत ३
नेपाली बजारमा शुक्रबार सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७ हजार एक सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ६ हजार छ सय रुपैयाँ कायम भएको छ ।
यता चाँदी पनि ५ रुपैयाँले बढेको छ । आज एक हजार ३ सय दश रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।