काठमाडौं, चैत २
आधारभूमि सम्वाददाता
मध्यपुरको गठ्ठाघरमा रहेको कृषि विकास बचत तथा ऋण सहकारी संस्था लि.सहकारीको सिद्धान्त अनुसार नचलाएका कारण सहकारीको शाखा बन्द गरेको बुझिएको छ । सहकारीले सदस्यहरुको २० करोड रकम हिना मिना गरी सहकारी बन्द गरेको छ ।
मध्यपुर नगर पालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठका अनुसार सहकारीका अध्यक्ष र सहकारी पिडितहरुको छलफल गरी सहकारीका संचालकको नीजि सम्पत्ती रोक्का गरी जग्गा वापत सदस्यको बचत फिर्ता गर्न सहकारीका संचालक तयार रहेको जानकारी गराए ।
त्यस्तै, मध्यपुर वडा १५ का अध्यक्ष कृष्णहरि आचार्यका अनुसार करिव ५० जनाको संयुक्त निवेदन परेको र नगर पालिकाले सहकारीको सम्पत्ती रोक्का गरी कारवाही चलाउन लागेको बताए । यस सहकारीका अध्यक्ष तेज विक्रम थापा भन्छन् एक जना सदस्यले ताल्चा लगाएर फोटो खिचेर सामाजिक संजालमा राखेर सहकारीको बद्नाम गर्न खोजेको आरोप लगाउदै हाम्रो सहकारीमा कुनै समस्या नभएको बताए ।