काठमाडौं, चैत २
नेपाली बजारमा आज पनि फेरि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको मूल्य एक हजार रुपैयाँले बढेको जानकारी दिएको छ ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६ हजार सात सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ ।
यता, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय पाँच रुपैयाँ कायम भएको छ ।