neapl investment mega bank

आजको विदेशी मुद्राको विनिमय दर कति !

Mar 16th, 2023

काठमाडौं, चैत २

नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३१ रूपैयाँ ८६ पैसा र बिक्री दर १३२ रूपैयाँ ३६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ०६ पैसा र बिक्री दर १४० रूपैयाँ ७० पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १६ पैसा र बिक्री दर १५९ रूपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।