neapl investment mega bank

आजको विदेशी मुद्राको विनिमय दर

Mar 14th, 2023

काठमाडौं, फागुन ३०

नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३१ रूपैयाँ १० पैसा र बिक्री दर १३१ रूपैयाँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ८८ पैसा र बिक्री दर १४० रूपैयाँ ५२ पैसा रहेको छ।   

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ०३ पैसा र बिक्री दर १५८ रूपैयाँ ७६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ३६ रूपैयाँ ०१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।