neapl investment mega bank
  • गृहपृष्ठ
  • ठगीको आरोपमा तुलसी बहुमुखी सहकारीका तीन जना सञ्चालक पक्राउ

ठगीको आरोपमा तुलसी बहुमुखी सहकारीका तीन जना सञ्चालक पक्राउ

Mar 13th, 2023

काठमाडौं, फागुन २९

बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड बिराटनगरका तीन जना सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई बचतकर्ताको रू १२ करोड नौ लाख ठगीको आरोप लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी पक्राउ परेका सहकारीका उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका ६ का अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका १४ का सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर २ का मन्दीप खवास रहेको जनाएको छ ।
सञ्चालकहरु बचतकर्ताको रकम फिर्ता नगरी यही फागुन १ देखि सम्पर्कविहीन भएका थिए । फरार सञ्चालकविरुद्ध सहकारीका एक सय २१ जना बचतकर्ताले फागुन २८ मा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी थिए । सोही आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिएका छन् ।

सहकारीले सबै सेवा केन्द्रमा गरी करिब रू एक अर्ब ५० करोड रकम बचतकर्तालाई फिर्ता गर्नुपर्ने प्रहरीको अनुमान छ ।
संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित पाँचजना झै फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।