काठमाडौं, फागुन २९
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पौडेलले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ ग्रहण गरेका हुन् ।
सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा पौडेलले कार्कीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
फागुन २५ गते पौडेल राष्ट्रपति पदमा निर्वाचत भएका हुन् । उनका कार्याकाल पाँच वर्षको रहनेछ ।