neapl investment mega bank

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

Mar 8th, 2023

काठमाडौं, फागुन २४

नेपाली बजारमा आज बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ ।  

आज छापावाला सुन प्रतितोला एक लाख १ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

यता चाँदीको मूल्य पनि चालीस रुपैयाँले घटेको छ । आज चाँदी प्रतिताला एक हजार २ सय पच्चिस रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।